×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झरीले निथ्रुक्क रुझेको ‘बालेन सिटी’… (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL

झरीले निथ्रुक्क रुझेको ‘बालेन सिटी’… (फोटो-कथा) 

२२ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबार साँझदेखि काठमाडौँसहित देशभरका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । अझ अन्य जिल्लाको भन्दा तुलनात्मक रुपमा काठमाडौँमा वर्षा लामो समय र ठूलो भइरहेको छ । 

रातभर परेको झरीकै कारण काठमाडौँमा नदीहरुको बहाव पनि बढेको छ । नदी किनारका बस्तीमा जोखिम उच्च छ भने नागरिकहरु झरीकै कारण समस्यामा परेका छन् । 

निरन्तरको झरीका कारण काठमाडौँमा दैनिक मजदुरी गर्ने वर्ग ठूलो मर्कामा परेको छ । झरीकै कारण काठमाडौँका व्यापारिक क्षेत्र तथा सडकमा नागरिकको चहलपहल घटेको छ । सँधैजसो अत्याधिक चाप हुने काठमाडौँका सडक निरन्तर झरीका कारण खुलाप्राय छन् । 

तर पनि कर्म गर्नुपर्ने बाध्यताबीच नागरिकहरु झरीका निथ्रुक्क भिजेरै भए पनि आफ्नो दैनिकी चलाइरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी