×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव भारतमा पनि पाइनेछ नेपाली ‘कोदोको बिस्कुट’ !

LAXMI SUNRISE BANK
GLOBAL

अव भारतमा पनि पाइनेछ नेपाली ‘कोदोको बिस्कुट’ !

१३ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर । नेपालमा उत्पादन भएको कोदोको बिस्कुट भारतमासमेत निर्यात हुने भएको छ ।  विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बनेको बिस्कुट भारतमा निर्यात गर्न लागेको हो ।  रमपम चाउचाउ उत्पादन गर्ने कम्पनी एशियन थाई फुड्सले नेपालमा उत्पादन गरेर कोदोको बिस्कुटलाई भारतमासमेत निर्यात गर्ने भएको हो ।
उद्योगका संचालक आशिष् जाजूले यस बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको बताएका छन् भने बिस्कुटलाई सुगन्धित बनाउन पूर्वी नेपाल इलामको अलैंचीको धुलो पनि मिसाइएको र बिस्कुट फाइबरयुक्त बनाउन ओट्ससमेत मिसाकिएको उनको भनाई छ । उनका अनुसार सुगन्ध र स्वादमा वृद्धि गर्न बिस्कुटमा दालचिनी पनि मिसाइएको छ ।
नेपालमा कोदोको बिस्कुट भनेर वितरण हुने सो बिस्कुट भारतमा भने मिलेट र रागी लेखिएको प्याकेट बनाएर निर्यात गर्ने तयारी कम्पनीले गरेको छ । भारतमा नमुना पठाईसकिएको र त्यहाँका व्यापारीले छिटो भन्दा छिटो बिस्कुट पठाईदिन भनेकाले यसको तिब्र तयारी भएको र दशैं अघि नै नेपाली कोदोको बिस्कुट भारत पुग्ने उनको भनाई छ ।
सो कम्पनीले  भारतसँगै अमेरिका, अस्ट्रेलिया र विभिन्न खाडी राष्ट्रहरुमा पनि सो बिस्कुटको निर्यातको तयारी भएको बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी