Skip to content
LAXMI SUNRISE BANK

आश्रयविहीनका लागि ‘मायाघर’ बनाउन दुई करोड संकलन 

अर्थ सरोकार

काठमाडौँ ।  बर्दिबासमा आश्रयविहीनलाई राख्न निर्माण गरिने ‘हाम्रो मायाघर’का लागि शिवपुराण महायज्ञबाट रु दुई करोड संकलन भएको छ ।

शिवपुराण महायज्ञ समितिका संयोजक हिरालाल गौतमका अनुसार श्रद्धालुबाट प्राप्त नगद रु दुई करोडबाहेक महायज्ञस्थलमा नै प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ‘हाम्रो मायाघर’ निर्माण गर्न रु एक करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

आज कथावाचिका राधिका दासीले भवन शिलान्यास गर्ने कार्यक्रम छ । उनले नै शिवपुराण सुनाएकी थिईन् ।

बर्दिबास-२ मा मायाघर निर्माणका लागि दाताबाट पाँच कठ्ठा १० धुर जग्गा समेत प्राप्त भएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK