×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली स्याटलाइट ‘मुनाल’ प्रक्षेपणमा भारतले सहयोग गर्ने 

LAXMI SUNRISE BANK
GLOBAL

नेपाली स्याटलाइट ‘मुनाल’ प्रक्षेपणमा भारतले सहयोग गर्ने 

२७ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतले नेपाली स्याटलाइट ‘मुनाल’ प्रक्षेपणमा आर्थिक सहयोग गर्ने भएको छ । ‘मुनाल’ स्याटलाइट प्रक्षेपणका लागि अनुदान सहयोग गर्नेबारे भारतीय विदेश मन्त्रालय र न्यू स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) सम्झौतासमेत भएको छ । 

सम्झौता पत्रमा भारतको विदेश मन्त्रालयका तर्फबाट अनुराग श्रीवास्तावएनएसआईएलका तर्फबाट एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका छन् । 

एक कार्यक्रमबीच गरिएको सम्झौताको अवसरमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा. रबिन्द्र प्रसाद ढकाल, नेपाली राजदूतावासका डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपिएन)का संस्थापक डा. आभास मास्केको उपस्थिति रहेको थियो । 

यसअघि भारतीय विदेशमन्त्री एस.जयशंकरको सहभागितामा २०८० पुष १९ गते बसेको बैठमा नेपाल-भारतबीचको संयुक्त आयोग बैठकमा ‘मुनाल’लाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने सहमति भएको थियो ।

‘मुनाल’ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले बताउको नेपाली स्याटलाइट हो । ‘मुनाल’को डिजाइन र निर्माणमा अन्तरिक्ष स्टार्टअप एपीएनको सहयोग रहेको छ । यस स्याटलाइटले पृथ्वीको सतहको वनस्पति घनत्वको डेटाबेस निर्माण गर्ने लक्ष्य राखिएको छ । ‘मुनाल’ स्याटलाइटलाई भारतीय विदेश मन्त्रालयले चाँडै प्रक्षेपण हुने अपेक्षा राखेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी