×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाग पञ्चमीः नागको फोटो, दुबो र गोबरको व्यापार बढ्यो, दुबो र गोबरकै ७० रुपैयाँ लिन्छन् व्यापारी (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL

नाग पञ्चमीः नागको फोटो, दुबो र गोबरको व्यापार बढ्यो, दुबो र गोबरकै ७० रुपैयाँ लिन्छन् व्यापारी (फोटो-कथा) 

२५ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । २५ साउन (शुक्रबार), नाग पञ्चमीको दिन नागका फोटो र चित्रको व्यापार बढेको छ । आजको दिन घरको मूलढोका वा मूल खाँबोमा टाँसिएका नागको फोटो वा चित्रले वर्षभरी रक्षा गर्ने जनविश्वासका साठ नागको फोटो र चित्रको व्यापार बढेको हो । 

खासगरी काठमाडौँको असन, इन्द्रचोकमा नागका फोटो र चित्र बेच्ने व्यापारी र किन्ने ग्राहकको भीड लागेको छ । 

अझ असन, इन्द्रचोकमा त झनै व्यापारीहरुले नागका फोटोसँगै गोबर, दुबो र दूध पनि बेचिरहेका छन् । आजको दिन नागका फोटा तथा चित्रहरु प्रतिफोटा १० रुपैयाँदेखि १०० रुपैयाँसम्म बिक्री भइरहेका छन् । त्यस्तै, दुबो र गोबर पनि ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म बिक्री हुनेगरेको व्यापारीहरुले बताएका छन् ।

विगतमा साँचोमा छापेर बनाइएका नागका फोटा तथा आकृति बढी बिक्री हुने गरेको भए पनि पछिल्लो समय छापाखानामा बनाइएका नागको मूल्य कम पर्ने भएकाले मानिसहरू छापाखानामा बनाइएको नागको माग बढी छ । साँचोमा छापेका नाग भन्दा पनि छापाखानामा बनाइएका नागको व्यापार बढी भएको व्यापारीहरुले बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी