काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा अन्तराष्ट्रिय रुपमा बदनामी कमाईरहेका चिनियाँ ब्राण्डको बिगबिगीमात्र देखिंदैन पूरा शो भरि नै ९० प्रतिशत हिस्सा चिनियाँ ब्राण्डको छ । विभिन्न देशमा गुणस्तरको प्रश्न उठिरहेका चिनियाँ गाडीलाई नेपालमा प्रचार प्रसार गर्न नेपालका लागि चिनियाँ राजदुत छन् सोङ नै लागिरहनु र अटो शोमा राजदुतको अस्वाभाविक चासो र गैरकुटनीतिक भ्रमणले पनि नाडा अटो शो नेपाली गाडीको कुम्भ मेला भन्दा पनि चिनियाँ राजनीतिको विकृत रुप त होइन ? भन्ने चासो बढेको छ ।


उनी हरेकजसो स्टलमा पुग्दै चिनियाँ ब्राण्डहरुको नाम नै लिएर ‘फलानो ब्राण्डको स्टल खोई ?’ भनेर सोधिरहेका थिए । उनको अस्वाभाविक चासो देखेर अटो शो पुगेका धेरैले नाडा अटो शो अव नेपाली उपभोक्ताका लागि संचालन गरिएको भन्दा पनि कतै चिनियाँ राजनीतिको विकृत रुप त होइन ? भन्दै चर्चा गरेका थिए ।

नाडा अटो शोमा चिनियाँ राजदुत पुगेनन् मात्र, उनले सो अटो शो यसरी हेरे कि, त्यसरी शो सायदैले हेरेको हुनुपर्छ । हरेक स्टल आफ्नै कम्पनीको स्टलजसरी निकै सोधीखोजी गर्दै उनले अटो शोमा राम्रै समय बिताए ।
गाडी किन्न नै आएको जसरी घरी गाडीमा बस्ने, घरी श्रीमतीलाई फलानो कार मन पर्छ भन्दै देखाउने गरेका सोङले त्यहाँ रहेका व्यवसायीहरुलाईसमेत चिनियाँ ब्राण्डको उपस्थितिका विषयमा विभिन्न प्रश्न गरेका थिए ।

नेपालमा चिनियाँ बजार बढेकोमा खुसी व्यक्त गर्दै उनले नेपालमा चिनियाँ बजार बढ्नेमा आफु विश्वस्त रहेकोसमेत भन्न भ्याए । चिनियाँ राजदुतको अस्वाभाविक अटो शो भ्रमणपछि त्यहाँ रहेका अन्य ब्राण्डले भने नाडा अटो शोलाई सोङले नेपालीको शो भन्दा पनि चिनियाँ लगानीको शोजस्तो देखाउन खोजेको भन्दै गुनासो पोखेका थिए । कतिपय कम्पनीले त अर्कोपटक देखि नाडा अटो शोलाई नेपाल-चीन अटो शो भनेर नामाकरण गरिदिए हुन्छ भन्दै आक्रोश पोखेका थिए । कतिपय ब्राण्डले त अर्कोपटक देखि आफु नाडा अटो शोमा सहभागी हुने कुरामा सोच्नुपर्ने र चिनियाँ राजनीतिको भूमरीमा नेपालका अटो शो पर्न नहुने भन्दै चर्चा गरिरहेका थिए ।

भदौ ११ गतेदेखि काठमाडौँमा चलिरहेको नाडा अटो शोमा बिगतमा जस्तो चहलपहल छैन । धेरै गाडी वितरक कम्पनीले गाडी नबिकेर आफ्नो नाडामा परेको खर्चसमेत उठाउन नसकेको प्रतिक्रिया दिएका छन् ।
