काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनीको आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी १४.११ प्रतिशत घटेको हो । यस अवधिमा कम्पनीले विद्युत बिक्री गरेबापत ४ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा आम्दानी घटेसँगै कम्पनी नोक्सानीमा गएको छ । यसअवधिमा कम्पनी २ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा गएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, यसअवधिमा कम्पनीको कुल नाफा ६१.८४ प्रतिशत घटेको छ भने वित्तीय खर्च १४९.२८ प्रतिशतले बढेको छ । यस्तै, कम्पनीको सञ्चालन मुनाफा पनि ७० लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ ।
कम्पनी नै नोक्सानीमा गएपछि असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर १ रुपैयाँ १ पैसा ऋणात्मक भएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ४२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्