×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सको नाफा घट्यो, वितरणयोग्य मुनाफा २० करोड ऋणात्मक 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल फाइनान्सको नाफा घट्यो, वितरणयोग्य मुनाफा २० करोड ऋणात्मक 

Artha Sarokar

२० श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल फाइनान्स कम्पनीको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा १०.०१ प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी सोही अवधिमा कम्पनीको खुद नाफा २ करोड १ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७७.९२ प्रतिशतले बढेको छ ।

त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी ३४.९२ प्रतिशतले बढेर १५ करोड २३ लाख ६५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १०.०३ प्रतिशतले बढेर २ करोड २८ लाख ८३ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्म कम्पनीको निष्क्रिय कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.११ प्रतिशतमा झरेको छ । 

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा कम्पनीको यस्तो आम्दानी २९ पैसा घटेर २ रुपैयाँ ४८ पैसा कायम भएको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५१ पैसा रहेको छ । ७२ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २७ करोड ३८ लाख रुपैयाँ रहेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी