काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल र नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा सोमबार मध्यान्ह भएको उक्त भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
‘उहाँहरुबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ’, प्रवक्ता राईले भने, ‘दुई देशबीच गठित विभिन्न संयन्त्रको नियमित बैठक गर्ने तथा भारतीय सहयोगबाट नेपालमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि थप कसरी अघि बढ्नेबारे छलफल भयो ।’
प्रवक्ता राईका अनुसार भारतीय विदेश सचिव मिस्री परिचयात्मक भ्रमणमा आएका कारण अहिले कुनै सहमति वा सम्झौता नभई नितान्त शिष्टाचार भेटवार्ता भएको हो । भारतीय विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौँ आएका थिए । उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्