काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयर बजारमा हरियाली देखिएको छ । मंगलबारको ‘बिग करेक्सन’पछि आज नेप्से परिसूचक १०८ . ३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४ सय ७३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बुधबार सबैभन्दा धेरै नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आजको बजारमा ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, १०.२५ % एनआइसी एशिया डेबेञ्चर २०८३/८४ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्