×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ लगानीमा उत्पादित क्लिंकरबाट बनाइएको सिमेन्टको गुणस्तरीयतामा प्रश्न !, मापदण्ड विचाराधीन हुँदा निर्यात ठप्प !

LAXMI SUNRISE BANK
GLOBAL

चिनियाँ लगानीमा उत्पादित क्लिंकरबाट बनाइएको सिमेन्टको गुणस्तरीयतामा प्रश्न !, मापदण्ड विचाराधीन हुँदा निर्यात ठप्प !

१३ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चिनियाँ लगानीमा उत्पादित क्लिन्करबाट बनाइएको सिमेन्टको गुणस्तरियतामा प्रश्न उठेसँगै ती क्लिन्करबाट उत्पादित सिमेन्टको निर्यात रोक्न भारतीय व्यापारीहरुले आग्रह गरेका छन् । गुणस्तरको बीएसआई आईएसआईको मापदण्ड पूरा भएको विषयमा शंका उब्जिएपछि व्यापारीहरुले ती सिमेन्टहरुको गुणस्तर जाँचको रिपोर्ट सार्वजनिक नगरेसम्म ती सिमेन्टहरु नकिन्ने अडान लिएका हुन् ।

विशेषगरी हुवासिन उद्योगबाट क्लिंकर आपूर्ति गरेर उत्पादित सिमेन्टका विषयमा व्यापारीहरुले विशेष चासो देखाएका छन् । बजारमा विभिन्न ब्राण्डका सिमेन्ट गुणस्तरहीन भेटिएको खबर सार्वजनिक भईरहेका बेला निकै चनाखो भएर मात्र सिमेन्ट नेपालबाट भारत सिमेन्ट निर्यात हुनुपर्नेमा व्यापारीहरुले जोड दिएका हुन् । अन्य सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट भने राम्रो परिमाणमा नेपालबाट भारत निर्यात भईरहेका छन् ।

सरकारले सिमेन्ट निकासीलाई प्रवद्र्धन गर्ने भन्दै अनुदान घोषणा गरेपछि नेपालबाट भारत निर्यात हुने सिमेन्टको परिमाण ह्वात्तै बढेको छ । तर यहि बाहानामा गुणस्तर मापदण्ड यकिन नभएका सिमेन्टहरु पनि निर्यात गर्न अस्वभाविक पहल हुन थालेपछि व्यवसायीहरुले यस विषयमा चासो देखाएका हुन् ।

पछिल्लो समय भारत सिमेन्ट निर्यात गरेकै भरमा नेपालमा थुप्रै उद्योगहरु चलिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी