काठमाडौँ । बिहीबार राती नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि ४ घण्टा टेलिकमको सेवा आंशिक रुपमा अवरुद्ध हुने भएको हो ।
एक सूचना जारी गर्दै कम्पनीले १७ गते (बिहीबार) राति ११ बजेदेखि करिब ४ घण्टाका लागि सेवा अवरुद्ध हुने जनाएको छ । त्यसबीचमा टेलिकममा ब्यालेन्स जाँच, रिचार्ज, प्याकेज खरीद तथा गुनासो सुनुवाइ सम्बन्धी सेवाहरु अवरुद्ध हुनेछन् ।
उक्त समयमा फोन, इन्टरनेट, एसएमएस तथा पिएसटिएन/एफटिटिएच भोइस/डेटा/आईपीटिभी सेवा भने सञ्चालन रहने टेलिकमले जनाएको छ ।
सेवा प्रभावित हुने भन्दै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद सेवा प्रभावित हुनुभन्दा अघि नै खरिद गर्न पनि टेलिकमले आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्