×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको नाफा र प्रतिसेयर आम्दानी दुवै घट्यो 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल टेलिकमको नाफा र प्रतिसेयर आम्दानी दुवै घट्यो 

Artha Sarokar

३१ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल टेलिकमको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार टेलिकमको नाफा १६.४४ प्रतिशतले घटेको हो । 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपाल टेलिकमले ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

चौथो त्रैमासमा कम्पनीको आम्दानी ४.९९ प्रतिशतले घटेको छ । यही कारण पनि कम्पनीको नाफा घटेको हो । यसअवधिमा कम्पनीको वित्तीय आम्दानी १६.६८ प्रतिशत र कुल आम्दानी ६.३२ प्रतिशत घटेको छ । 

समीक्षा अवधिमा नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा कम्पनीको ईपीएस ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ । त्यस्तै, यसअवधिमा कम्पनीका प्रतिसेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ । हाल कम्पनीको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित रहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी