Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा ४ घण्टा बन्द हुने 

अर्थ सरोकार

काठमाडौँ । आज (शुक्रबार) राति नेपाल टेलिकमको रिजार्च, प्याकेज खरिद र सोधपुछ सेवा बन्द हुने भएको छ । ग्राहक सेवा प्रणाली स्तरोन्नतिका लागि आज टेलिकमको सेवा अवरुद्ध हुने भएको हो । 

सेवा अवरुद्ध हुने समय शुक्रबार राती ११ बजेदेखि करिब ४ घण्टा रहने टेलिकमले जनाएको छ । 

टेलिकमका अनुसार हाल टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नति कार्य नियमित गर्दै आएको छ । सोही अनुरूप आज राति पनि टेलिकमले स्तरोन्नति कार्य गर्दैछ ।

त्यसअवधिमा आफ्ना ग्राहकहरुमा पर्न जाने असुविधाका लागि टेलिकमले क्षमासमेत मागेको छ । सेवा बन्द भएको करिब ४ घण्टापछि भने सम्पूर्ण सेवा पुनः सुचारु हुने टेलिकमले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK