×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै एक करोड बढी ठग्ने गणेश कुमार ठाकुर पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विदेश पठाउने भन्दै एक करोड बढी ठग्ने गणेश कुमार ठाकुर पक्राउ

Artha Sarokar

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा जिल्ला करजन्हा नगरपालिका वडा नं. ६ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ०४ इमाडोल बस्ने ३२ वर्षीय गणेश कुमार ठाकुर रहेका छन् ।

उनले बसुन्धारा स्थित ओम इन्टरनेशनल प्रा.लिबाट बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशहरुमा पठाउने भन्दै रकम ठगी गरेका थिए ।

उनले ८५ जना व्यक्तिहरुबाट कुल एक करोड ९७ लाख १७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई साउन १४ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले इमाडोलबाट पक्राउ गरेको हो । हाल ठाकुरलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी