×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ

Artha Sarokar

२९ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं.  २ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं.  ३१ बानेश्वर बस्ने दिपा चन्द रहेकी छिन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले साउन २७ गते भक्तपुर ठिमीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर पीडितलाई पोर्चुगल पठाउने भनी ५ लाख ३५ हजार लिए पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकी थिइन् ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी