×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यानडा पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

क्यानडा पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

३१ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं. १३ घर भई ललितपुर महानगरपालिका वडा नं. १० बस्ने ५० वर्षीय महाविर प्रसाद जैशवाल (कुर्मी) रहेका छन् ।
उनले आकर्षक तलबको प्रलोभनमा पारेर क्यानडा पठाईदिने भन्दै ५ लाख २० हजार रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले ठमेलबाट पक्राउ गरेको हो ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी