×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाइदिने भन्दै झण्डै १६ लाख ठग्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विदेश पठाइदिने भन्दै झण्डै १६ लाख ठग्ने दुई जना पक्राउ

Artha Sarokar

३२ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय सुरेश राना र ३३ वर्षीय राजेश बिष्ट रहेका छन् ।
उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर ईटाली, रोमानियाम र दुबईलगायतका देशमा पठाउने भन्दै ८ जनाबाट १५ लाख ९३ हजार ५ सय रुपैयाँ ठगी गरेका थिए । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले ललितपुर जिल्ला महालक्ष्मीस्थान नगरपालिका वडा नं. ०७ बाट पक्राउ गरेको हो ।
हाल दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी