Skip to content
LAXMI SUNRISE BANK

९२ हजार फिरौती मागेको आरोपमा दुई युवक पक्राउ

अर्थ सरोकार

काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका-५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका-५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताएका छन् ।

केही दिनदेखि गफुरलाई दुवै युवकले बाटोमा भेटेर चिट्ठीमा लेखेर रु ९२ हजार माग गरेको र पैसा मागेर धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी दिएका थिए ।

सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर-१ स्थित महादेव मन्दिरको परिसरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK