काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठग्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४६ वर्षीय कृष्ण राज तिवारी र ४८ वर्षीय अनुप चन्द्र सुब्बा रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये कृष्ण राज तिवारीले ३ जनालाई आयरल्याण्ड र इजरायल लगायतका देशमा पठाउन भन्दै ९ लाख रुपैयाँ ठगी गरेका थिए । त्यस्तै, अनुप चन्द्र सुब्बाले एक जनाबाट ५ लाख रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धना तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्