×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै लाखौँ रकम ठग्ने चार जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै लाखौँ रकम ठग्ने चार जना पक्राउ

Artha Sarokar

१२ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, ३५ वर्षीय सुमन थापा र ४० वर्षीय कन्नजित राउत रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये देव सुनार र भिम सुनारले ९ जनालाई युरोपका विभिन्न मुलुक पठाईदिने भन्दै ९५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्यस्तै, सुमन थापाले एक जनालाई युके पठाईदिने भन्दै १२ लाख रुपैयाँ ठगी गरेका थिए ।

त्यसैगरी, कन्नजित राउतले एक जनालाई माल्टा पठाईदिने भन्दै तीन लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी