Skip to content
LAXMI SUNRISE BANK

बेसाहारालाई सहयोग गर्दै कैलालीमा मनाइयो विश्व फोटोग्राफी दिवस 

अर्थ सरोकार

कैलाली । कैलालीमा १८५औँ विश्व फोटोग्राफी दिवस मनाइएको छ । कैलालीको हसुलिया, फुलवारी, गदरिया, बसन्ता र बेली लगायतका फोटोग्राफर एसोसिएसन उपसमितिले संयुक्त रुपमा दिवस मनाएका हुन् । 

दिवसको अवसरमा फोटोग्राफर उपसमितिले धनगढी उपमहानगरपालिका-१५ स्थित मानवसेवा आश्रममा चामल, फलफूल, नुन, तेल लगायतका खाद्यान्न सहयोग गरेका छन् । 

त्यस्तै, दिवसको अवसरमा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई खानासमेत खुवाइएको नेपाल फोटोग्राफर एसोसिएसन कैलालीका पूर्वअध्यक्ष तथा फोटोग्राफर महासंघको केन्द्रीय सदस्य कुलराज चौधरीले बताएका छन् । चौधरीका अनुसार दिवसको अवसरमा अन्य तड्कभड्क गर्नुभन्दा सामाजिक कार्य गर्नुपर्ने उद्देश्य अनुसार उक्त कार्य गरिएको हो ।

मानव सेवा आश्रममा सहयोग हस्तान्तरण तथा खाना खुवाउने कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सदस्य, स्थानीय फोटोग्राफर, सामाजिक अगुवा तथा आश्रमका सदस्यहरुको उपस्थिति रहेको थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK