काठमाडौँ । महिला यात्रुको कपालमा जुम्रा भेटिएपछि अमेरिकाको लस एन्जलसबाट न्युयोर्कका लागि उडेको विमानको आकस्मिक अवतरण गराइएको छ ।
यात्रु बोकेर उडेको विमानमा सवार एक महिला यात्रुको कपालमा जुम्रा देखिएपछि ‘मेडिकल इमर्जेन्सी’ भन्दै पाइलटले जहाज फिनिक्समा आकस्मिक अवतरण गराएका हुन् ।
अहिले सामाजिक सञ्जालमा उक्त खबर भाइरल भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार विमानमा सवार एक महिला यात्रुको टाउकोमा जुम्रा देखेपछि विमानमा सवार दुई युवतीले विमान कर्मचारीलाई एक महिलाको टाउकोमा जुम्रा हिँडिरहेको जानकारी गराएका थिए ।
त्यसपछि विमान कर्मचारीले उक्त खबर पाइलटलाई दिएपछि पाइलटले ‘मेडिकल इमर्जेन्सी’ ठानेर विमान बीच बाटोमै आकस्मिक अवतरण गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आकस्मिक अवतरणपछि फिनिक्समा करिब १२ घण्टा रोकिएको जहाज त्यसपछि मात्रै न्युयोर्कका लागि उडेको थियो । टाउकोमा जुम्रा भेटिएकी महिलाको पहिचान भने गोप्य राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्