Skip to content
LAXMI SUNRISE BANK

भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य हुँदैनः रास्वपा

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ । मंगलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो । 

बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा कदाचित राजनीतिक दलहरुले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । 

उनले भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरुले गम्भीर त्रुटि गरिरहेको बताएका छन् । साथै उनले पार्टीले संसद्‌मा पनि यसबारेमा आफ्ना धारण राख्ने उल्लेख गरेका छन् । 

त्यस्तै, सांसद परियारले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जलन सम्बन्धी गैरसरकारी विधेयक संसद्‌मा आज नै दर्ता गर्नेगरी छलफल भइरहेको पनि बताएका छन् । 

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधि सभामा प्रस्तुत गर्नेगरी समितिबाट पास भएको र त्यसबारेमा नेताहरुले बोल्दा समर्थनमा बोल्नेबारेमा पनि छलफल भएको परियारले बताए । उनले बैठकमा आगामी दिनमा संसदको गतिविधिहरु कसरी गर्ने ? कसरी अगाडि जाने ? भन्ने मुद्दाका विषयहरुमा पनि छलफल भएको बताएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK