×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ… (फोटो-कथा)

Artha Sarokar

१८ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर आज जावलाखेल पुर्याइएको छ । बैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई आज जावलाखेल पुर्याइएको हो ।

शुभ साइतअनुसार साउन १७ गते लगनखेलको ठटी टोलबाट जावलाखेल तानिने भएकाले बिहीबार रथलाई जावलाखोल पुर्याइएको रातो मच्छिन्द्रनाथका पूजारी शाहु शाक्यले जानकारी दिए । उनका अनुसार रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याइएको चार दिनमा भोटो देखाइन्छ ।

जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ । जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् ।

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । जावलाखेल पुर्याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी