काठमाडौँ । सहकारी पीडितहरूले मानव साड्ंग्लो बनाएर प्रदर्शन गरेका छन् । सहकारीका समस्या समाधान गर्न सरकारसँग सहमति भएको ६५ दिनसम्म पनि माग सम्बोधन नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले चर्को घाममा रत्नपार्कदेखि मानव साड्ंग्लो बनाएर सडकमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले बाटोमा मकै बेच्ने, शौचालय सफा गरेर कमाएको पैसा बचत गरेका भुइँ मान्छेको पैसा फिर्ता गर भन्दै पर्चा-पम्प्लेटसहित प्रदर्शन गरेका छन् ।
त्यस्तै, उनीहरूले बचतकर्ताको बचत अपचलन गर्ने सहकारी ठगलाई कठोर कारवाही गर्न माग गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस् :