×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL

समृद्धि फाइनान्सद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

२५ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समृद्धि फाइनान्सले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साउन २४ गते संस्थाको औरही शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कूल औरही १ परिसरमा विभिन्न फलफूल र फुलका २७ वटा बोट लगाएको छ । साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिना भित्र फाइनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरू मार्फत नगद कारोबार, आरटिजिएस, आईपीएस, कनेक्ट आइपीएस, रेमिटेन्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू नि:शुल्क प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी