×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सले इटहरी शाखाबाट सम्पन्न गर्यो वृक्षारोपण कार्यक्रम

LAXMI SUNRISE BANK
GLOBAL

समृद्धि फाइनान्सले इटहरी शाखाबाट सम्पन्न गर्यो वृक्षारोपण कार्यक्रम

२५ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समृद्धि फाइनान्सले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साउन २५  गते इटहरी शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी विराटनगर लयेन राजमार्ग परिसरमा १८ बगम्बेली फुलका बोट लगाई सम्पन्न गरिएको हो ।

साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भैसकेको र साउन महिना भित्र फाइनान्सका अन्य शाखाहरूबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरू मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटेन्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू नि:शुल्क प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी