×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको इटहरी शाखाले मनायो दोश्रो वार्षिकोत्सव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

समृद्धि फाइनान्सको इटहरी शाखाले मनायो दोश्रो वार्षिकोत्सव

Artha Sarokar

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड इटहरी शाखा कार्यालयले दोश्रो वार्षिकोत्सव मनाएको छ । फाइनान्सले भदौ ९ गते आफ्नो वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।

कार्यक्रममा शाखाका शाखा प्रबन्धक रमेश राईले उपस्थित महानुभावलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिएका थिए । साथै आगामी दिनहरुमा पनि फाइनान्सले उच्च साथ र सहयोगको अपेक्षा राखेको बताए ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले स्थानीय व्यापारीहरु, बचतकर्ताहरु,बुद्विजिवि आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवस पोखरेलले यस संस्था को उत्तर उत्तर प्रगतिको कामना गर्दै कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शुल्क प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी