काठमाडौँ । आज (बुधबार) देखि माध्यामिक शिक्षा परीक्षा (एसइई)को ग्रेड वृद्धि अर्थात पूरक परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको संयुक्त बैठकको निर्णय अनुसार नै बुधबारदेखि एसइईको पूरक परीक्षा सुरु भएको हो ।
परीक्षा २३ गतेदेखि ३१ गतेसम्म चल्नेछ । परीक्षामा एसइईमा दुई विषयमा ‘नन ग्रेडेड’ विद्यार्थीहरु मात्रै सहभागी हुन पाउनेछन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज (बुधबार) देखि सुरु भएको एसइईको पूरक परीक्षामा देशभरबाट दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी सहभागी हुँदैछन् ।
पूरक परीक्षामा उत्तीर्ण विद्यार्थीले यसैवर्ष कक्षा ११ मा अध्ययन गर्ने अवसर पाउनेछन् । पूरक परीक्षाको नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गरिनेछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः