काठमाडौं । सेयर धितो कर्जा सम्बन्धि गलत हल्ला फैलिँदा साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा करेक्सन देखिएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ ।
बिहीबार पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड ७५ लाख ९९ हजार २ सय ३८ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा हाइड्रोइलेक्ट्रिसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यसैगरी आज पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्