काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा आज नेप्से परिसूचक ६ .७० अंकले बढेर २७६६ .३८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा २० अर्बमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १ अर्ब २० करोड ९० लाख ९ हजार ७ सय ९६ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बिहीबार सबैभन्दा धेरै नाफा कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आजको बजारमा ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, एनआरएन इन्फ्रास्ट्रकचरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्