काठमाडौँ । शुक्रबार काठमाडौँदेखि सुर्खेत उडान भर्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाज रनवेबाट फर्काइएको छ । पार्किङबाट यात्रु लिएर उडान भर्न रनवेको अन्तिम पोइन्टमा पुगेको जहाज पुनः पार्किङमा फर्काइएको हो ।
उड्न ठिक्क परेको जहाजमा प्राविधिक समस्या देखिएपछि विमान रनवेबाट फर्काइएको विमानमा सवार एक यात्रुले बताएका छन् ।
‘पार्किङबाट जहाज रनवेमा पुगेको थियो । उड्नै लाग्दा एक्कासि विमान फर्काइयो ।’, ती यात्रुले भने, ‘जहाज किन फिर्ता गरेको भन्ने जवाफमा जहाजका कर्मचारीले प्राविधिक कारण भन्ने जवाफ दिए ।’ रनवेबाट जहाज फिर्ता ल्याएपछि यात्रुहरुले एयरलाइन्सको लापरबाही भन्दै विमानमा हल्लासमेत गरेका थिए ।
यता एयरलाइन्सका कर्मचारीले भने शुक्रबार सुर्खेत उड्न ठिक्क परेको जहाज फिर्ता ल्याउनुको कारण जहाजभित्र केही यात्रुबीचको विवाद भएको बताएका छन् । ती कर्मचारीका अनुसार विमानमा केही यात्रुबीच विवाद भएर होहल्ला भएपछि पाइलटले रनवेबाट जहाज पुनः पार्किङमा फर्काएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्