×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोनापुरको आम्दानी घट्यो, खुद नाफा ४६ करोड ऋणात्मक 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सोनापुरको आम्दानी घट्यो, खुद नाफा ४६ करोड ऋणात्मक 

Artha Sarokar

३१ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड नोक्सानीमा गएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा गएको हो । जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि ५.२२ प्रतिशतले घटेको छ । यसअवधिमा कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । 

कम्पनीको वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीको कुल नाफा ७९.९७ प्रतिशतले घटेको छ भने अन्य आम्दानी ९९.१२ प्रतिशतले घटेको छ । यसअवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि १३ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

असार मसान्तसम्म खुद नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)समेत १५ रुपैयाँ २६ पैसा ऋणात्मक छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी