काठमाडौँ । युनिलिभर नेपालको नाफामा सामान्य बढोत्तरी भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ७.६३ प्रतिशतले बढेको हो ।
असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २.८४ प्रतिशतले घटेको छ भने कुल आम्दानी २.२३ प्रतिशतले घटेको छ । त्यस्तै, यसअवधिमा कम्पनीको कुल खर्च ५.८० प्रतिशतले घटेर ६ अर्ब ६ करोड रुपैयाँमा झरेको छ । आम्दानीभन्दा खर्च घटेकै कारण असार मसान्तसम्ममा कम्पनीको नाफामा वृद्धि भएको हो ।
नाफासँगै असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा कम्पनीको ईपीएस १५१ रुपैयाँ ५० पैसाल बढेर २ हजार १४३ रुपैयाँ ५४ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार २ सय ८५ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्