काठमाडौँ। नेपालमा यूपीआई व्यापारी (P2M) कारोबारले १ लाखको सीमा नाघेको छ । यो महत्वपूर्ण उपलब्धि NPCI International Payments Limited (NIPL) ले फोनपे, नेपालकै सबैभन्दा ठूलो भुक्तानी नेटवर्क, सँगको सहकार्यमा २०२४ को मार्च महिनामा शुरू गरेको थियो ।
यूपीआई भारतको लोकप्रिय मोबाइल-आधारित वास्तविक समय भुक्तानी प्रणाली हो, जसले व्यक्तिगत र व्यापारी भुक्तानीलाई तुरुन्तै सम्भव बनाउँछ। यूपीआई को शुरुवातले नेपाल भ्रमण गर्ने भारतीयहरूको लागि भुक्तानीलाई सरल बनाएको छ। यससँगै, नेपाली यात्रुहरूले पनि भारतमा यूपीआई भुक्तानीको अनुभव गर्न सक्छन्, जसका लागि उनीहरूले यूपीआई वन वर्ल्ड एप प्रयोग गरेर क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्दछन्।
NIPL का प्रमुख कार्यकारी अधिकृत, ऋतेश शुक्लाले भने, “नेपालमा यूपीआई व्यापारी स्वीकृतिको सुरूवातपछि प्राप्त सकारात्मक प्रतिक्रियाले हामीलाई खुशी दिएको छ। यो उपलब्धि दुई देशबीचको सीमापार कारोबारलाई सरल बनाउन हाम्रो प्रतिबद्धताको प्रमाण हो। साथै, हामी विश्वास गर्छौं कि यो पहलले दुबै देशहरूको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।” हाल यूपीआई भूटान, फ्रान्स, माउरिटस, नेपाल, सिंगापुर, श्रीलंका र यूएईमा स्वीकार्य छ। २०२३ मा विश्वव्यापी रूपमा भएका वास्तविक समय भुक्तानीमध्ये ४९% भारतमा भएको ACI Worldwide रिपोर्टले देखाएको छ।
NIPL ले नेपालमा रुपे कार्ड सञ्चालनका लागि नेपाल एसबीआई बैंक लिमिटेडसँग पनि सहकार्य गरेको छ। रुपे भारतको एक विश्वव्यापी कार्ड भुक्तानी नेटवर्क हो, जसको एटीएम, पिओएस डिभाइस र ई-कमर्स वेबसाइटमा व्यापक स्वीकार्यता छ। NIPL को उद्देश्य यूपीआई र रुपे जस्ता सफल भुक्तानी प्रणालीलाई विश्वभर प्रवर्धन गर्ने हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्