×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रायो सागको मूल्य ४० रुपैयाँले बढ्दा ५० रुपैयाँले घट्यो कुरिलोको मूल्य…(मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रायो सागको मूल्य ४० रुपैयाँले बढ्दा ५० रुपैयाँले घट्यो कुरिलोको मूल्य…(मूल्यसूचीसहित)

Artha Sarokar

२० श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रायो सागको मूल्य बढ्दा कुरिलोको मूल्य घटेको छ। रायो सागको मूल्य ४० रुपैयाँले बढेर न्युनतम १२० रुपैयाँमा र कुरिलोको मूल्य ५० रुपैयाँले घटेर ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, बन्दा लोकल ७० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी १००, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १४०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ४०, लौका ३०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ५५, हरियो फर्सी (डल्लो) ६०, भिण्डी ३०, पिंडालू ८०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १२० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १५०, कन्य च्याउ १७०, डल्ले च्याउ ३३०, राजा च्याउ २८०, सिताके च्याउ १०००, कुरिलो ३५०, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ६०, रातो बन्दा ८०, जिरीको साग ३००, सेलेरी २५०, पार्सले ६००, पुदिना ५००, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १४०, गुन्द्रुक २५०, अदुवा १९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी ११०, हरियो लसुन ११०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २३०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २२०, अनार ३५०, आँप (मालदह) १६०, आँप (दसहरी) १६०, अंगुर(कालो) ४५०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो २०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, लप्सी ६०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी