×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकाउलीको मूल्य ६० रुपैयाँले बढ्दा मंगलबार ५० रुपैयाँले घट्यो हरियो धनियाँको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL

ब्रोकाउलीको मूल्य ६० रुपैयाँले बढ्दा मंगलबार ५० रुपैयाँले घट्यो हरियो धनियाँको मूल्य

२९ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ब्रोकाउलीको मूल्य बढ्दा हरियो धनियाँको मूल्य घटेको छ ।

नेपाली ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, सानो गोलभेडा (टनेल) ६० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, तराई गाजर ७० रुपैयाँ, बन्दा लोकल ७० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी १००, मकै बोडी ७०, घिउ सिमी लोकल ११०, घिउ सिमी राजमा १४०, भटमासकोसा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला २५, लौका ५०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३०, झिगुनी ७०, फर्सी पाकेको ७०, भिण्डी ३०, पिंडालू ८०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ८० र तोरीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १४०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली २००, चुकन्दर ७०, रातो बन्दा ९०, जिरीको साग १५०, सेलेरी २५०, पार्सले ९००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १४०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ६०, हरियो लसुन १४०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २५०, अनार ३५०, आँप (मालदह) १८०, आँप (दसहरी) १८०, अंगुर (कालो) ४००, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २५०, अम्बा ३००, लप्सी ६०, किवि ५००, शरीफा ३०० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी