Skip to content
LAXMI SUNRISE BANK

तीन सय रुपैयाँले बढ्यो पार्सलेको मूल्य, बुधबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

अर्थ सरोकार

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पार्सलेको मूल्य बढेको छ । पार्सलेको मूल्य ३००  रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ८० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, सानो गोलभेडा (टनेल) ६२ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५८ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ७० रुपैयाँ, बन्दा तराई ५५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल १५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ८०, मकै बोडी ७०, घिउ सिमी लोकल ९०, घिउ सिमी राजमा १४०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ३५, लौका ४०, लोकल परवर ८० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ६०, भिण्डी ५०, पिंडालू ७०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० र तोरीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १५०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १२०, चुकन्दर ७०, रातो बन्दा ८०, जिरीको साग ९०, सेलेरी ३००, पार्सले १२००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ५०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ६०, हरियो लसुन १५०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २१०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३८०, आँप (मालदह) २२०, आँप (दसहरी) २२०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६५, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, अम्बा ३००, लप्सी ७०, किवि ५००, शरीफा २५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK