×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुख कटहरको मूल्य बढ्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

रुख कटहरको मूल्य बढ्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Artha Sarokar

४ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रुख कटहरको मूल्य बढेको छ । रुख कटहरको मूल्य १० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५२ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ, तराई गाजर ६० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ९०, मकै बोडी ७०, घिउ सिमी लोकल ९०, घिउ सिमी राजमा १३०, भटमासकोसा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ३०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ६०, झिगुनी ६०, फर्सी पाकेको ५५, भिण्डी ३०, पिंडालू ७०, स्कुस ३० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० र तोरीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २२०, कन्य च्याउ १७०, डल्ले च्याउ ३८०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ३५०, न्युरो ८०, ब्रोकाउली १५०, चुकन्दर ६०, रातो बन्दा १००, जिरीको साग ९०, सेलेरी २५०, पार्सले १२००, पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १४०, गुन्द्रुक २००, अमला ९०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ४०, खुर्सानी हरियो (बुलेट) ४०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी ५०, हरियो लसुन १८०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २१०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३५०, अंगुर (कालो) ३५०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ५०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, अम्बा ३००, लप्सी ७०, किवि ४५०, शरीफा २८० र आभोकाडो ३०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी