×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०० रुपैयाँले घट्यो पुदिनाको मूल्य, शुक्रबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL

१०० रुपैयाँले घट्यो पुदिनाको मूल्य, शुक्रबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

७ भाद्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पुदिनाको मूल्य घटेको छ । पुदिनाको मूल्य १०० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, सानो गोलभेडा (टनेल) ४२ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५४ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ४५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल १५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ७०, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १७०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ३०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४०, झिगुनी ५०, फर्सी पाकेको ५०, भिण्डी २५, पिंडालू ८०, स्कुस ३० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २८०, कन्य च्याउ १४०, डल्ले च्याउ ३२०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो २००, न्युरो ८०, ब्रोकाउली १६०, चुकन्दर ७०, रातो बन्दा ११०, जिरीको साग ९०, सेलेरी ३५०, पार्सले १२००, पुदिना ५००, गान्टे मुला ८०, इमली १४०, तामा १००, तोफु १४०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी ७०, हरियो लसुन १५०, हरियो धनियाँ २५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २३०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २५, रुख कटहर ८०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०,  लप्सी ६०, किवि ४५० र आभोकाडो ३५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी