काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज राजमाको मूल्य बढेको छ । राजमाको मूल्य २० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १३० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, सेतो आलु ५४ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज १२० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ८०, मकै बोडी ७०, घिउ सिमी लोकल ९०, घिउ सिमी राजमा १३०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ६०, लौका ४०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४०, झिगुनी ५०, फर्सी पाकेको ५०, भिण्डी ४०, पिंडालू ७०, स्कुस २५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० र तोरीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १८०, कन्य च्याउ १७०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली १५०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग ९०, सेलेरी ३५०, पार्सले १२००, पुदिना ५००, गान्टे मुला ८०, इमली १४०, तामा १००, तोफु १२०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ६०, हरियो लसुन २००, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन २४०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २५०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २००, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो ३०, रुख कटहर ९०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २२०, लप्सी ४०, किवि ४०० र आभोकाडो २५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्