काठमाडौँ । काठमाडौँमा जारको पानीमा ४७ रुपैयाँ भन्दा बढी लिए कारबाही हुने भएको छ । पानीको अधिकतम खुद्रा मूल्य कायम राख्न सूचित गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको पानीमा प्रतिजार ४७ रुपैयाँभन्दा बढी लिएका कारबाही गर्ने भएको हो ।
विभागका अनुसार काठमाडौँ उपत्यकामा पानीको जार (२० लिटर) को मूल्य प्रतिजार अधिकतम ४७ रुपैयाँ तोकिएको छ ।
तर, पानी उत्पादक कम्पनीहरुले एकै परिणाम र एकै गुणस्तरको पानीमा पनि फरकफरक एमआरपी लगाएर बिक्री गरेको गुनासो आएको भन्दै पानीको मूल्यमा अधिकतम खुद्रा मूल्य कायम गर्न सूचित गरिएको विभागले जनाएको छ ।
त्यस्तै, विभागले पानीको बोत्तलको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकेको छ ।
तर, पानी उत्पादक कम्पनीहरुले पानीको जार र बोत्तलमा तोकिएको भन्दा बढी मूल्यको एमआरपी लगाएको पाइएपछि पानी उत्पादक कम्पनीहरुलाई सचेत गराएको विभागले जनाएको छ । यसपश्चात् पनि पानीको मूल्यमा तोकिएको एमआरपी कायम नगरे कारबाही गरिनेसमेत विभागले चेतावनी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्