काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताएका छन् । विपी चिन्तन प्रतिष्ठानद्वारा बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय नेपालमा कृषि क्रान्ति: सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै कोइरालाले यस्तो बताएका हुन् ।
युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताउँदै उनले आफ्नो परिवारको मुख्य पेशा पनि कृषि नै भएको जनाएका छन् । विपी कोइराला कृषि पेशाप्रति आकर्षण हुने गरेको भनाइ पनि उनले राखे । नेपालमा थुपै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबाट आयात गरिने खाद्यान्न तथा तरकारी घटाउँदै जानुपर्ने उनी बताउँछन् । कृषिमा आत्म निर्भर हुन सक्यौ भने नेपालको खर्बौ रुपैयाँ नेपालमा नै रहने उनको भनाइ छ ।
सो कार्यक्रम विपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेको अध्यक्षता एवम् नेपाली काँग्रेस कास्कीका सहसचिव शङ्कर ढुङ्गानाले सञ्चालन गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, विपी चिन्तन प्रतिष्ठानका सह अध्यक्ष पुष्पराज पराजुली, केन्द्रीय सदस्य नवराज गुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछाने, डा. लक्ष्मीकान्त पौडेल, गणेशमान फाउन्डेसनका गण्डकी प्रदेश संयोजक दुर्गा तिमल्सिना, प्रतिष्ठानका बाग्लुङ अध्यक्ष गोविन्द कँडेल, स्याङ्जा अध्यक्ष जीवलाल काफ्ले लगायतको सहभागिता थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्