काठमाडौँ । अर्थ मन्त्रालयमा सेयर बजार हेर्ने छुट्टै महाशाखा बन्ने भएको छ । अर्थ मन्त्रालयले हाल सेयर बजारसमेत हेर्दै आएको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा फुटाएर सेयर बजार हेर्ने छुट्टै महाशाखा बनाउने तयारी गरेको हो ।
मन्त्रलायका एक उच्च अधिकारीका अनुसार अब वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा फुटाएर ‘वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा’ र ‘संस्थान समन्वय महाशाखा’ बन्नेछ ।
जसमध्ये वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरण हेर्नेछ भने संस्थान समन्वय महाशाखाले सरकारी स्वामित्वका तीन बैंक (राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक), नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान लगायतका संस्थानहरुलाई हेर्नेछ । यसअघि यी सबै क्षेत्र एउटै महाशाखाले हेर्दै आएको थियो ।
स्रोतका अनुसार हाल वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायणप्रसाद रिसाललाई संस्थान समन्वय महाशाखाको जिम्मेवारी दिएर वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको जिम्मा अर्कै सहसचिवलाई दिने तयारी भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्