×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटन व्यवसायी पाण्डेले पाए मरणोपरान्त टुरिजम लाइफटाइम अचिभमेन्ट र उत्कृष्ट शिक्षक पुरस्कार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पर्यटन व्यवसायी पाण्डेले पाए मरणोपरान्त टुरिजम लाइफटाइम अचिभमेन्ट र उत्कृष्ट शिक्षक पुरस्कार

Artha Sarokar

२३ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । पर्यटन व्यवसायी स्वर्गीय श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पिपि प्रसाई टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड- २०२४ प्रदान गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा सो अवार्ड श्यामबहादुरका छोरा प्रवीण पाण्डेले ग्रहण गरेका हुन् ।

पीपी प्रसाईँ फाउण्डेसनले स्थापना गरेको उक्त अवार्ड बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उक्त पुरस्कार प्रदान गरिन् । होटल सङ्घ नेपालका पूर्वअध्यक्ष तथा साङ्ग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व थिए । फाउण्डेसनले प्रत्येक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गर्दै आएको ‘उत्कृष्ट शिक्षक पुरस्कार, २०८१’ विभिन्न शिक्षकलाई प्रदान गरेको छ । जसमा कोशी प्रदेशबाट, श्री फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेस प्रदेशबाट श्री जनता माध्यमिक विद्यालय, सिराहाका रामकृपाल महतो, बागमती प्रदेशबाट श्री महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताललाई प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।

साथै, गण्डकी प्रदेशबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका सन्तोष आचार्य, लुम्बिनी प्रदेशबाट श्री कालिका मनोविज्ञान माध्यमिक विद्यालय, बुटवलका युवराज कँडेल, कर्णाली प्रदेशबाट श्री अमरज्योति माध्यामिक विद्यालय, सुर्खेतका अशोक कुमार राई र सुदूरपश्चिम प्रदेशबाट श्री सरस्वती माध्यमिक विद्यालयकी चन्द्रकला दवाडी प्रदान गरिएको छ । उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । साथै सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान  गरिएको छ ।

त्यस्तै, शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत एक लाख रुपैयाँ राशीको पुरस्कार श्री राष्ट्रिय आधारभूत विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । देशभरबाट आवेदन माग गरी शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता प्रति उनीहरूको बुझाई, शिक्षाप्रति उनीहरूको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरूको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तिहरूको निर्णायक समितिले पुरस्कार प्रदानका लागि सिफारिस गरिएको फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनले हरेक वर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यत्तित्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ । विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेशामा आउन चाहनेलाई प्रोत्साहन गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो । यसलाई आगामी दिनमा अझ व्यापक र समावेशी बनाउँदै लैजाने पीपी प्रसाईँ फाउण्डेसनको योजना छ ।

शिक्षा सम्बन्धि पुरस्कारको निर्णायकमा घनन्जय अधिकारी, टिका भट्टराई, रोशना सुब्बा, रिजुता महर्जन रहेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्डको छनौट पर्यटन सम्बन्धि सँस्थामा आवद्ध ब्यक्तिको समूहले गरेको सन्चारकर्मी एवं फाउन्डेसनका सचिब दिलभुषण पठकले बताए । नेपालको पर्यटन क्षेत्रका पायोनियरु ब्याक्तित्व एवं नटराज टुर एण्ड ट्राभल्सका सँस्थापक प्रसाईंको पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रसम्म शिक्षाको बिकासको सपनालाई आत्मसात गर्दै २०६७ साल फागुन ६ गते पीपी प्रसाईँ फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको विसं २०५६ भदौ २० मा हवाई दुर्घटनामा परी निधन भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी