×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

LAXMI SUNRISE BANK
GLOBAL

मन्त्री अधिकारीको निर्देशनमा पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

२८ भाद्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको निर्देशनमा पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता भएको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्र भित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको नाममा दर्ता भएको हो  ।

भदौ १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशन पछि सबै कानुनी आधार पुरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताए । उनका अनुसार व्यक्तिको नाममा दर्ता भएका, लामो समयसम्म कानुनी रुपमा सरकारको नाममा आउन नसकेका, हदबन्दी भन्दा बढी भएको छानविनबाट प्राप्त र व्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको हो ।

पोखरा वडा नं १ मा पियन क्याम्पससँग साँध सिमाना जोडिएको २२२ रोपनी १२ आना २ पैसा १ दाम, पोखरा महानगरपालिकाको वडा नं १ कै २५ रोपनी ८ आना २ पैसा, छिनेडाँडा वडा नं ६ को साविक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना १ पैसा क्षेत्रफलको जग्गा, कास्की धिताल वडा नं ७ मा रहेको हदबन्दी छानविनबाट प्राप्त भएको ६ रोपनी ११ आना ३ पैसा क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं ५ को ९७ रोपनी ४ आना ३ पैसा १ दाम क्षेत्रफल रहेको जग्गा नेपाल सरकारको नाममा आएको कास्की मालपोत प्रमुख अधिकारीले जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी