काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्यौता असुल गर्नुपर्ने मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् ।
मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले २२ अर्ब नेपाल विद्युत प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नुपर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
उनले प्राधिकरणका निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको आरोप लगाएका छन् । ‘२२ अर्ब नेपाल विद्युत प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नु पर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गरे ।’, उनले भने, ‘कुलमानले विद्युत प्राधिकरणलाई जुन अवस्थामा पुर्याएको छ, त्यसको विरुद्धमा लाग्न थाले ।’
अधिवक्ता यज्ञमणि न्यौपानेले देश अप्ठ्यारोमा परेको बेला न्यायलयको ढोका ढकढक्याउनुको विकल्प नहुने भन्दै प्राधिकरण पनि विकल्पहीन अवस्थामा पुगे पश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेको बताएका छन् । ‘जब देश अप्ठ्यारोमा पर्छ तब न्यायलयको ढोका ढकढक्याउनुको विकल्प अरु भएन । विकल्पहीन अवस्थामा पुगेपश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेका हौँ ।’, उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्