×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशीलता कार्यका लागि सहयोग गर्ने

LAXMI SUNRISE BANK
GLOBAL

चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशीलता कार्यका लागि सहयोग गर्ने

२८ भाद्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशीलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इनोभेसन समिति र अन्नपूर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर इनोभेसन समितिका सभापति पंकज जालान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले हस्ताक्षर गरेका छन् । चेम्बरले युवा उद्यमशीलता सम्बन्धी संजाल विस्तार गर्ने, कानूनी सहायता र लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्बन्धमा सहमति भएको छ ।

सो कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप उद्यमशीलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन् । युवाहरूलाई स्वदेशमै उद्यमी बनाउन एवं रोजगरी सिर्जना गर्न चेम्बरले स्टार्टअफ एण्ड इनोभेसन समिति मार्फत काम गरिरहेको अग्रवालले बताए ।

स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति पङ्कज जालानले युवा उद्यमशीलता विकासका लागि अभियान चलाउने र युवाहरूलाई समितिका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने जनाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी