काठमाडौँ। सिटिजन्स क्यापिटलको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १८औँ वार्षिक साधारणसभाबाट १५.५ प्रतिशत नगद लाभांश अनुमोदन भएको हो ।
काठमाडौँको ज्ञानेश्वरस्थित एटिक मिटिङ हलमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो। सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आर्थिक वर्ष २०८०-८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरेको छ।
साथै, आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्ति अनुमोदन र सञ्चालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर), सेयर रजिस्ट्रार तथा डि-म्याट खाताजस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमतिप्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो। यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगीव्यवसायीहरुको सहलगानी रहेको छ।
काठमाडौँ डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ। सिटिजन्स क्यापिटलमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्। काठमाडौँ बाहिरका लगानीकर्ताहरुले पुँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानीव्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्